आजको राशिफल : २०७६ साल वैशाख २३ गते सोमबार

आज वि.सं. २०७६ साल वैशाख २३ गते सोमबार इश्वी सन् २०१९ मे ६ तारिख,वैशाख शुक्लपक्ष तिथि– द्वितीया हेर्नुहोस आजको राशिफल :

मेष
आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । नोकरीमा प्रशंसा मिल्नेछ । मनमा शान्ति छाउनेछ । नयाँ सम्बन्धहरु बनाएर अगाडी बढ्नाले राम्रो हुनेछ ।

वृष
व्यवसाय गर्नेहरुका लागि आजको दिन राम्रो रहेको छ । कुनै कुरालाई लिएर परिवारमा मतभेद उत्पन्न हुन सक्नेछ । सन्तानको प्रगतिले खुशी मिल्नेछ ।

मिथुन
आर्थिक तनाव उत्पन्न हुनेछ । दांत समबन्धि समस्याले सताउनेछ । खानपानमा तथा नयाँ व्यक्ति भेट्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ ।

कर्कट
प्रेम सम्बन्ध सुमधुर रहनेछ । विदेश यात्राको योग रहेको छ । भविष्यका योजना बनाउँदा विशेष ध्यान दिनुपर्नेछ । नोकरीमा कडा मिहिनेत गर्नुपर्नेछ ।

सिंह
व्यापारिक कामको लागि यात्रा तय हुनेछ । अचानक आएको आर्थिक समस्याले तनाव दिनेछ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय रहेको छ ।

कन्या
बोलीको प्रभाव बढ्नेछ । कुनै पनि नयाँ कामको सुरुवातको लागि आजको दिन राम्रो रहेको छ । अधिकांश कामहरु सफल हुनेछन् । पारिवारिक चिन्ता बढेतापनि जीवनसाथीको साथ मिल्नेछ ।

तुला
फजुल खर्च बढ्नेछ । सन्तानको स्वास्थ्यमा समस्या देखिन सक्नेछ ।व्यवसायमा प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । व्यवसायिक यात्राको योग रहेतापनि उक्त यात्राले कुनै फाइदा दिनेछैन ।

वृश्चिक
व्यापारमा सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । साथी तथा वरिष्ठ व्यक्तिहरुबाट यथेष्ट सहयोग मिल्नेछ । समाजमा मान बढ्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ ।

धनु
व्यापारमा निराशाजनक स्थिति रहनेछ । प्रतिस्पर्धीहरुले विभिन्न अवरोधहरु सिर्जना गरिदिनेछन् । आम्दानी कम हुनाले चिन्ता बढ्नेछ । सन्तानमा स्वास्थ्य समस्या देखिन सक्नेछ । खर्च बढ्नेछ ।

मकर
समस्याको सामना गर्नुपर्नेछ । प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । भौतिक सुख मिल्नेछ । कामको सिलसिलामा भ्रमणको योग रहेको छ । परिवारमा मतभेद उत्पन्न हुनेछ ।

कुम्भ
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । आम्दानी बढ्नेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ ।

मीन
शारीरिक कष्टको योग रहेको छ । पाचन प्रणाली सम्बन्धि समस्याले सताउनेछ । आम्दानीको कमीले तनाव बढाउनेछ । नोकरीमा दबाब सिर्जना हुनेछ । कडा मिहिनेत गर्नुपर्नेछ ।

Loading...
dupteswor

You Might Also Like