आजको राशिफल : वि.सं. २०७६ जेष्ठ १ बुधबार

आज वि.सं. २०७६ साल जेठ १ गते बुधबार, इश्वी सन् २०१९ मे १५ तारिख। आजको राशिफल :

मेष
गलत काममा ध्यान जानेछ । बोलीमा नियन्त्रण गर्नुपर्नेछ । परिवारमा तनाव बढ्नेछ । कुनै पनि निर्णय गर्दा विशेष ध्यान दिनुपर्नेछ ।

वृष
मनमा शान्ती छाउनेछ । साथीहरुको सहयोग मिल्नेछ । काममा कडा मिहिनेत गर्नुपर्नेछ । मनोरन्जनमा खर्च बढ्नेछ ।

मिथुन
कठीन काम पनि आफ्नो प्रयासमा सफल हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । मिहिनेत अनुसारको फल मिल्नेछ । आँटेको सबै काममा सफलता मिल्नेछ । कुनै ठूलो सम्झौता गरिनेछ ।

कर्कट
वाद विवादमा नफस्नु आजको लागि राम्रो हुनेछ । व्यापार व्यवसाय राम्रो हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा नयाँ वस्तु आउनेछ ।

सिंह
व्यापारीहरुका लागि आजको दिन उत्तम रहेको छ । आम्दानीमा वृद्धि हुनेछ । तीर्थ यात्राको योग रहेको छ । सकारात्मक सोंचले काममा सफलता मिल्नेछ ।

कन्या
रोकिएको धन प्राप्त हुनेछ । व्यवहारिक समस्या समाधान हुनेछन् । धोका हुन सक्ने भएकोले सावधान रहनुपर्नेछ । मिहिनेत अनुसार काममा सफलता मिल्नेछ ।

तुला
व्यवसायमा कसैलाई विश्वास गर्नु आजको लागि राम्रो हुनेछैन । आर्थिक व्यवहारमा सतर्कता अपनाउनु पर्नेछ । विरोधीले खुट्टा तान्ने प्रयास गर्नेछन् ।

वृश्चिक
काममा आलोचना सहनुपर्नेछ । आकस्मिक लाभ हुनेछ । व्यवहारले अरुको मन जित्न सकिनेछ । घर जग्गा खरिदको लागि उत्तम समय रहेको छ ।

धनु
शुभ कार्यको योग रहेको छ । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । बिग्रेका कामहरु क्रमश : बन्दै जानेछन् । सकारात्मक सोंचले सफलता मिल्नेछ ।

मकर
विरोधीहरु बढ्नेछन् । काममा अप्ठ्याराहरुको सामना गर्नुपर्नेछ । परिवारमा खुशी छाउनेछ । साथीहरुको सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ ।

कुम्भ
काममा सफलता मिल्नेछ । वादविवादमा नफस्नु आजको लागि राम्रो हुनेछ । पारिवारका सदस्यहरुको सल्लाहमा काम गर्दा लाभ मिल्नेछ । योजनाहरु सफल हुनेछन् ।

मीन
सरकारी पक्षबाट लाभ मिल्नेछ । विरोधीहरुमाथी जित हासिल गर्न सकिनेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्नेछन् । नोकरीमा प्रगति हुनेछ ।

Loading...
dupteswor

You Might Also Like