सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु!

buddha-gyan

एकसमय श्रावस्तीको जेतवन मा विहार लिनु भएको बेला, महामोग्गल्लान थेर चारिका गर्दै सुगति प्राप्ति व्यक्तिहरुको सम्पर्कमा आउँनु भयो।
महामोग्गल्लान थेरले उनिहरु लाई सोध्नु भयो कि — वहाँहरुले यस्तो के पुण्य कार्य गर्नु भएको थियो, जस को उत्तम बदलामा वहाँहरुको यो सुगति (स्वर्ग) प्राप्त भयो ?

उहाँहरु मध्ये प्रथममा एउटाले बताए कि- उनिले नत अफ्नो धेरै धन हरुलाई दानमा लगाएका थिए, अर्थात, नत उनले ज्यादा दाननै दिएका थिए, र नत राम्रो धम्म श्रवणनै गर्न पाएका थिए, उनले त केवल आफ्नो जीवनमा सत्य बोले का थिए। त्यै पुण्यको प्रभावले गर्दानै उनलाई यो सुगति प्राप्त भएको हो, भनेर उत्तर दिए।

दोस्रो पटकमा एउटि स्त्री थिइन् , उनले भनिन् कि( मैले आफ्ना पुत्रहरु आदिलाई सम्झाउन र सिधा पार्न भन्दै बहुतै पिटेँ (हिर्काएँ) को थ्यें, धेरै राम्रो-नराम्रो गालीहरु पनि गरेको थ्यें, परन्तु उनकोमनमा उनिहरु प्रति, कैलै थोरै मात्रमा पनि रिस, क्रोध, द्वेष थिएन, नराम्रो भावना भन्ने थिएन। त्यसैले त्यै पुण्यको प्रतापले उनको यो सुगति भएको हो।

तेस्रो पटक का व्यक्तिले भने कि- उनले त अल्पतम उखु, मात्र भिक्खुहरुलाई दिएका थिए, त्यस दान को तेज प्रतापले उनको यो सुगति को भव भएको हो।

यी तीन प्रकारका सत्कर्म (कुसलकर्म) फलहरु को बारेमा सुनेर महामोग्गल्लान तथागत भगवान् बुद्ध कहाँ जानु भयो र भगवानलाई यो बिषय बारे सोध्नु भयो कि –

भगवान- के ? सत्य मात्र बोल्नाले, क्रोध मात्र नगर्नाले र मात्र थोरै अल्प उखु, आदि दान गर्नाले, कोही सुगतिनै पाउन सक्छन् ? उत्तरमा भगवान ले यो गाथा गर्नु भयो-गाथा- सच्चं भणे, न कुज्झेय्य, दज्जाप्पस्मिम्पि याचितो । एतेहि तीणि ठानेहि , गच्छे देवान सन्तिके ।।”अर्थ-सत्य बोल्ने, क्रोध नगर्ने। थोरै मात्रामा पनि माग्नेलाई दान दिने। यी तीन कर्महरुले सुगतिको भवमा जाँदछन्। एतेन सच्चवज्जेन भवतु सब्ब मंगलं।-अनुवाद -बिष्णु धनञ्जय via janata live

Loading...
dupteswor

You Might Also Like