दुःख, सुख र जीवन के हो ?

big_buddha

जीवनको परिभाषा धेरै विद्धानहरु र व्यक्तिहरुले विभिन्न किसिमहरुबाट व्याख्या गरेको पाइन्छ । तर मेरो व्यक्तिगत विचार अलि फरक छ । मेरो विचारमा जीवन भनेको तपाई- हाम्रो वर्तमान (तत्काल) सोच (सोचाई) अनुसार कुनै पनि क्रियाकलाप गर्नु नै जीवन हो ।

हिजो के भयो । भोली के हुन्छ । त्यो सोच्नु जीवन होइन । तर आज हामी कुन ठाउँमा, कुन अवस्थामा के सोचेर के गर्दैछौ त्यही जीवन हो । वर्तमान अवस्थामा यदि हामीले सकारात्मक र राम्रो सोच र त्यही अनुसारको आनन्द, खुशी र रमाइलो अनुभव गर्दछौंस चाहे हाम्रो वरिपरि जतिसुकै नराम्रो कुराहरु वा घटना घटोस् । किनकी सत्य त्यही हो कि तत्काल त्यति बेला हाम्रो दिमागले के सोच्छ र हाम्रो शरीरलाई के गर्न लगाउँछ । हो, त्यहि वर्तमान अवस्थामा हामीले गर्ने क्रियाकलाप नै जीवन हो । जस्तै तपाईं-हामीहरुले पनि प्रत्यक्ष धेरै अनुभव गरेको कुराहरु हो यो कि हामीहरु कतिपय हाम्रो मरेका मान्छेहरुको मलामी जान्छौं । (ती मरेका व्यक्ति हाम्रो नजिकका नाता, आफन्त, छरछिमेकी वा साथीभाई हुन्छन्) अनि हेर्नुस् त त्यतिबेला हामीहरु के गर्छौं ? कति रुन्छन्, कति निन्याउरो अनुहार लगाएर बस्छन्, कति लास नजलाई घर फर्किन हतारिन्छन्, कति अलि टाढा बसेर गफ गर्दै हाँसिरहन्छन्, कति विशेष कारण बस रिसाई रहेका हुन्छन् त कति लासलाई छोडेर आफ्नो भोक मेटाउन वरपर लाग्छन् ।

के मृत्यु मानव जीवनमा घट्ने सबै भन्दा ठूलो दुःख (शोक) र घटना होइन र ! तर पनि किन सबै मानव (मानिसहरु) रुँदैनन् त ! किन सबै दुःखी हुँदैनन् त ? किन लासलाई हतार हतार जलाएर फर्किन खोज्दछन् त रु किनकी त्यो हामीहरुको त्यति बेलाको तत्काल सोचको परिणाम (नतिजा) हो । त्यसैले जीवनमा न दुःख छ न सुख छ । छ त केवल तपाई हाम्रो तत्कालिन सोचले गर्ने र गराउने क्रियाकलाप मात्र ।

हो कतिपय मानिसहरु जीवन भनेको जन्मदेखि मरणसम्म भोग्ने अनुभवहरु (कार्यहरु) भन्छन् । तर म भन्छु त्यो त केवल हामीले मन सन्तोष गर्न गरिने व्याख्या मात्र हो । किनकी भविष्य कुनै पनि व्यक्तिले देखेको हुँदैन, त्यो त खाली हामीले विगतका दिनहरुलाई अन्य व्यक्तिलाई हेरेर गरिने अनुमान मात्र हो ।

कतिपय मानिसहरु जीवनको बारेमा सोच्दछन् कि जीवन भनेको सुख हो र जीवन भनेको दुःख हो । सुख भनेको के हो रु सुख केलाई भन्ने रु दुःख के हो रु दुःख केलाई भन्ने ?

“सुख भनेको धन, सम्पत्ति, पैसा, सत्ता, परिवार वा सुविधा सम्पन्न व्यक्तित्व हो । यदि हो भने गौतम बुद्धले किन यी सब कुराहरुलाई त्यागी शान्तिको खोजीमा जंगलतिर लागे ?”

“दुःख भनेको अभाव, गरिबी, एक्लोपन अनि अपांग शरीर हो भने कसरी स्टिफन् हाँकिन्स चर्चित वैज्ञानिक भए त ?”

मेरो विचारमा दुःख भनेको खाली एउटै कुरा मात्र छ त्यो हो तपाई- हामीले रोगव्याद वा घाउचोटबाट पाउने शारीरिक पिडा । नत्र त्यो बाहेक अरु जति पनि हामीहरुले भन्ने गरेका दुःख भनेको मात्र हाम्रो सोचाई (सोच) हो । त्यसैले तपाईंहरु पनि जहिले खुशी र आनन्दित हुन चाहनुहुन्छ भने आफ्नो स्वास्थको राम्रोसँग हेरविचार गर्नुस् अनि जुनै ठाउँ, परिवेश वा अवस्थामा भएपनि खाली सकारात्मक र राम्रो राम्रो कुराहरु मात्रै सोच्नु अति जरुरी छ । यही हो, तपाईका तत्कालिन सकारात्मक सोच नै तपाई सुखी जीवन हो । तपाईका सुख हो । तपाईंले खोज्नु भएको आनन्द हो र अनि यही हो बुद्धले देखाउनुभएको बाटो ।

किनकी कुनैपनि घटना घट्नुको कारण हुन्छ ।

यदि त्यो कारण राम्रो होस् वा नराम्रो, हामीले त्यस कारणलाई सकारात्मक तरिकाले सोचविचार गर्ने हो भने जो कोही पनि त्यस घटनाबाट हुने प्रतिक्रियाबाट पार पाउन सकिन्छ । मुक्त हुन सकिन्छ ।

सोच बदल्नुस् अनि सधैं खुशी र रमाइरहनुस् । बाँकी तपाईंहरुको इच्छा ।
किनकी चाहे देश सर्वसम्पन्न हुने कुरा होस् या सर्वसाधारण जनता नै किन नहोस् । यदि जनताहरु र नेताहरुले जबसम्म गौतम बुद्धले देखाउनु भएको चार आर्य सत्यलाई व्यवहारमा पालन गर्न सक्दैनन् न त हामी (जनता) सर्वसम्पन्न हुन्छौं न त देश नै सर्वसम्पन्न हुन्छ । आज जापान किन सर्वसम्पन्न छ, तपाईंहरुलाई थाहा छ ?
post via janatalive

Loading...
dupteswor

You Might Also Like