आजको राशिफल : जेठ २६ गते आइतबार

supadeurali

आज वि.सं. २०७६ जेठ २६, आइतबार तदनुसार इ.स. २०१९ जुन ९। आज आइतवार जेष्ठ २६ गते सुपा देउराली मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ। #ॐ जय सुपा देउराली

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आर्थिक पक्ष सबल रहनेछ । काममा विपक्षीहरुले औंला उठाउनेछन् । नयाँ काम सुरु गर्नको लागि भने आजको दिन राम्रो रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आर्थिक लाभ मिल्नेछ । आफ्नो बोलीबाट अरुलाई प्रभावित पार्न सकिनेछ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । काममा कडा मिहिनेत गर्नुपरेतापनि सफलता हात लाग्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –खर्च बढ्नेछ । साझेदारीको काम आज नगर्नु नै उत्तम हुनेछ । वैवाहिक सम्बन्ध सुमधुर हुनेछ । दिनभर सकारात्मक सोंचले प्रेरित भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –नकारात्मक सोंच हावी हुनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । हिम्मतले काम गरेमा नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –घरमा शुभकार्यको आयोजना हुनेछ । काममा आलोचना सहनु पर्नेछ । वैवाहिक सम्बन्ध राम्रो रहनेछ । आर्थिक कारोबार गर्नु अगाडी विचार पुर्याउनुपर्ने समय रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – साझेदारी काममा फाइदा हुनेछ । आत्मविश्वास बढ्नेछ । खानपानले गर्दा स्वास्थ्यमा केही गडबडी देखिनेछ । वैवाहिक सम्बन्ध राम्रो रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – जीवनसाथीको स्वास्थ्यमा समस्या आउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । यात्रामा सामान चोरिने या हराउने सम्भावना रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बेलुकापाख आर्थिक लाभ हुनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । मनमा हर्ष बढ्नेछ । काममा प्रगति हुनेछ । गोपनियतामा भने ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आफ्नो प्रयास र समझदारीले गर्दा सोंचेको काम पूरा हुनेछ । वादविवादबाट टाढा रहनु आजको लागि राम्रो हुनेछ । परिवारमा मतभेद उत्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –रमाइलो भेटघाटको अवसर जुट्नेछ । सम्पत्ति सम्बन्धि निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने समय छ । व्यवसायिक लेनदेन गर्दा सजग रहनु आजको लागि राम्रो हुनेछ । आकस्मिक यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –काम सफल हुनेछ । शरीर स्फूर्त रहनेछ । मान प्रतिष्ठा तथा पुरस्कार मिल्ने योग रहेको छ । परिवारसंग खुशीका साथ दिन बित्नेछ ।

Loading...
dupteswor

You Might Also Like