आजको राशिफल : जेठ २७ गते सोमबार

bhagwanpashupatinath

आज वि.सं. २०७६ जेठ २७, सोमबार। इ.स. २०१९ जुन १०, ने.सं. ११३९ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, अष्टमी, २३:५७ उप्रान्त नवमी।श्री पशुपतिनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना अवस्य पुरा हुनेछ ।। #श्रीपशुपतिनाथ मन्दिर

मेष
कठिनाईको सामना गर्नुपर्नेछ । गोपनियतालाई ध्यानमा राख्नुपर्ने समय रहेको छ । काम सफल भएतापनि विपक्षीको विरोधको सामना गर्नुपर्नेछ ।

वृष
मानसिक तनाव बढ्नेछ । नयाँ योजना सुरु गर्नुभन्दा पहिले निकै सोंचविचार गर्नुपर्ने समय रहेको छ ।

मिथुन
प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुने समय रहेको छ । अरुको सल्लाहमा हिंड्दा आर्थिक घाटा व्यहोर्नुपर्ने सम्भावना छ ।

कर्कट
प्रतिष्ठामा आंच आउन सक्छ । गलत संगतमा परिने सम्भावना रहनेछ । आफ्नो सकारात्मक सोंचले चुनौतीहरुको सामना गर्दै अगाडी बढिनेछ ।

सिंह
सामाजिक काममा सहभागी भइनेछ । गोपनियतामा ध्यान दिनुपर्ने समय रहेको छ । उपहार मिल्नेछ । प्रेमसम्बन्ध तथा वैवाहिक सम्बन्ध सुमधुर रहनेछ ।

कन्या
व्यवसायिक काममा सफलता मिल्नेछ । आफ्नो कारणले अरु कसैको मन दुख्ने सम्भावना रहेकोले सचेत रहनुपर्ने समय छ ।

तुला
आर्थिक पक्ष सबल रहेतापनि खर्च बढ्नेछ । आवेगमा आएर निर्णय लिइने समय रहेकोले बोली व्यवहार तथा निर्णयमा संयमित रहनु उचित हुनेछ ।

वृश्चिक
व्यवसायीहरुका लागि उत्तम दिन रहेको छ । यात्रामा मालसामान चोरिने या हराउने सम्भावना रहेको छ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ ।

धनु
आर्थिक पक्ष राम्रो रहनेछ । कुनै सभा समारोहमा सहभागी हुने सम्भावना रहेको छ । प्रेमसम्बन्ध राम्रो रहनेछ ।

मकर
घरेलु सामानबाट दुर्घटना हुन सक्ने सम्भावना रहेकोले सजग रहनु उचित हुनेछ । आर्थिक तनाव बढ्नेछ । विभिन्न आलोचना खेप्नुपर्नेछ ।

कुम्भ
प्रेमसम्बन्धमा बाधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । लामो यात्रा नगर्नु आजको लागि उत्तम हुनेछ ।

मीन
परिवारको विपक्षमा गएर निर्णय नलिनु आजको लागि हितकर रहनेछ । बोलीमा नियन्त्रण गर्नु राम्रो रहनेछ । कडा मिहिनेत गरेमा काममा सफलता हासिल गर्न सकिनेछ ।

Loading...
dupteswor

You Might Also Like