आजको राशिफल: जेठ ३० गते बिहिबार

budhanilakantha mandir

वि.सं. २०७६ जेठ ३० बिहीबार इ.स. २०१९ जुन १३ ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। एकादशी, १७:३३ उप्रान्त द्वादशी। आज बिहीबार भगवान बुढानीलकण्ठलाई सबैले दर्शन गरी एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ।

मेष
शुभ समाचार सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काममा प्रशंसा मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष
साहित्य तथा कला क्षेत्रमा प्रगति हुनेछ । जीवनसाथीबाट सहयोग मिल्नेछ । अधुरा काम सुचारु हुनेछन् ।

मिथुन
खर्च बढ्नेछ । घरायसी काममा बाधा आउनेछ । माल सामान हराउन सक्नेछ । अनावश्यक तनाव बढ्नेछ ।

कर्कट
परिवारबाट सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । रोकिएको धन प्राप्त हुनेछ ।

सिंह
नोकरीमा पदोन्नतिको योग रहेको छ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ । मान सम्मान मिल्नेछ ।

कन्या
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । अधुरा काम पूरा हुनेछन् ।

तुला
रमाइलो यात्राको योग रहेको छ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीले सन्तुष्टि दिनेछ ।

वृश्चिक
काममा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोकिएको धन प्राप्त हुनेछ । खुशी बढ्नेछ ।

धनु
कडा मेहनत गर्नुपर्नेछ । साथीभाइको सहयोग मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ ।

मकर
पठनपाठनमा रुची बढ्नेछ । शुभ समाचार सुन्न पाइनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ
बोलीलाई नियन्त्रण गर्नुपर्ने समय छ । आलस्यताले सताउनेछ । सकारात्मक सोंच राखेमा कामहरु बन्दै जानेछन् ।

मीन
नयाँ अवसर प्राप्त हुनेछन् । मनमा दुविधा उत्पन्न हुनेछ । साथीहरुको सहयोगले हौसला मिल्नेछ ।

Loading...
dupteswor

You Might Also Like