दुःखद खबरः हाइड्रोपावरले ड्याम खोल्दा नुहाउँदै गरेकी विपनाको मृत्यु!

धादिङ । हाइड्रोपावरको ड्याम खोल्दा धादिङमा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा १९ वर्षीया विपना भुसाल रहेको प्रहरीले जनाएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै नुहाँउँदै गर्दा भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो ।

खोलाले बगाएर उनी हिजो (बुधबार) देखि बेपत्ता थिईन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई एक्कासी खोलाले बगाएको थियो ।

दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक कलेजमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि ४५ दिनको लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा गएएकी थिइन्।

उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको बताइएको छ । आँखुखोला हाइड्रोपावरले पूर्वजानकारी नदिई ड्याम खोलेपछि खोलामा रहेकी उनलाई बगाएको प्रहरीले बताएको छ । आँखुखोला हाइड्रोपावरले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताएको छ । – Ehulaki

Loading...
dupteswor

You Might Also Like