बझाङमा जीप दुर्घटना नौ जनाको मृत्यु ! चार जना गम्भिर घाईते (नामावली सहित)

शैलेन्द्र रोकायाबझाङ,असार २ गते । बझाङमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर–१ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालीका वडा नम्बर १ का कलकबहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले बताउनुभयो ।

घटना स्थलमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाईतेहरुको उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । साभारः गोरखापत्रअनलाइन ।

Loading...
dupteswor

You Might Also Like