के तथागत बुद्ध पुनर्जन्मको सिद्धान्तलाई मान्नु हुन्थ्यो?

Gautam-Buddha

के तथागत बुद्ध पुनर्जन्मको सिद्धान्तलाई मान्नु हुन्थ्यो ? यसको उत्तर सायद छैन होला, मान्नुहोस् कि कुनै ब्याक्तीको मृत्यु भयो र उसको भौतिक शरीर धरतीमा बिलिन भयो । अब उसको पुर्बजन्म सम्भावना तब छ जब उसको शरीरको सम्पुर्ण भौतिक अंश पुनः मिलेर एक शरीरको निर्माण हुन्छ भने तब यो पुर्नजन्म हो । तर यो के त्यसै मानिसको पुर्नजन्म हो ? होइन, किनकि अब जुन शरीर बनिएको छ त्यो त केही मानिसका शरीर मिलेर बनेको छ । यस्तोमा पुर्नजन्म हुन सक्दैन । आत्माको अस्तित्वलाई बुद्धले अस्विकार गर्नु भएको छैन । बौद्ध धम्म र बुद्ध धम्मका अनुसार आत्मा हुँदैन । तब आत्माको जन्म र मृत्युको सवाल उठदैन ।

भिक्खुणी खेमाले राजा प्रसेनजितलाई यश बारेमा सम्झाउनु भएको छ । राजा प्रसेनजित कोशलका राजा थिए ।

एक पटक कोशलमा चारिका समाप्त गरेर भिक्खुणी खेमा तोरणबत्थु नामक स्थानमा बिश्राम गर्नुभयो । जुन सावतथी र साकेतको बीच थियो । त्यसै समय कोसल नरेस राजा प्रसेनजित साकेतबाट सावतथी गइ रहेका थिए र उनी पनि तोरणबत्थुमा विश्रामका लागी रोक्किए । तब कोसल नरेस प्रसेनजितले आफ्ना एक मानिसलाई बोलाई भने कि कुनै ब्राम्हण वा श्रमणलाई बोलाएर ल्याउ जोसग म आजको बार्ता गर्न सकु । तर कुनै पनि ब्राम्हण र श्रमण भेट्टिएन तब उसले कोसल नरेस राजा प्रसेनजितसग भने महाराज ! यहाँ कुनै ब्राम्हण र श्रमण छैनन केवल तथागत भगवान बुद्धका सिस्य भिक्खुणी खेमा छन जो धेरै बुद्धिमानी, ज्ञानि, निपुर्ण र हाजिर जवाफमा सक्षम छन । तब राजा प्रसेनजित उठि भिक्खुणी खेमा भएको ठाउँमा गए र अभिनन्दन गरि बसे ।

राजा प्रसेनजितले भिक्खुणी खेमा समक्ष प्रश्न गरे कि के तथागत मरणान्तर रहनुहुन्छ ?

महाराज ! तथागतले यो कुरा अब्याख्यित (ब्याख्या रहित) राख्नु भएको छ ।

यो कस्तो कुरा हो ! जब म तपाईंलाई सोध्छु कि तथागत मरणान्तर रहनु हुन्छ ? तब तपाईं भन्नुहुन्छ तथागतले यो कुरा अब्याख्यित राख्नु भएको छ र जब म दोस्रो प्रस्नु गर्छु तब पनि तपाईंको उत्तर यहि हुन्छ कि तथागतले यो कुरा अब्याख्यित राख्नु भएको छ । तथागतद्वारा यश कुरालाई अब्याख्यित राख्नुको कारण के हो ?

महाराज ! म यश सम्बन्धमा तपाईंलाई एउटा प्रश्न गर्नेछु, तपाईंलाई जे ठिक लाग्छ उत्तर दिनुहोस् ।
के तपाईंको साथमा गणना गर्ने यस्तो कुनै यंत्र छ जसले तपाईं हिसाब गरेर बताउन सक्नुहुन्छ गंगा नदिमा कति सय, हजार, लाख बालुवाका कण छ ?
महाराजले भने :- छैन !

भिक्खुणी खेमाले भन्नुभयो यस्तो किन, किनकी नदि विशाल छ, गहिरो छ, यसलो तलका सिमा छैन ।

यसै प्रकार महाराज यदि कोहि तथागतको सारिरिक रुपले तथागतलाइ मापन गर्न चाहे या परिभाषित गर्न चाहे तब तथागतको रुप परित्यक्त छ । उहाँ जड मुलदेखी काटिएको, उहाँ ताड बृक्ष समान अभाव प्राप्त गरिसक्नु भयो र सम्भवत यस्तो भइसक्नु भयो कि भबिस्यमा उहाँको पुनारुत्पत्ती हुनेछैन ।

महाराज ! तथागतको रुप देखि तथागतको तहसम्म पुग्न सकिदैन । तथागत गहन गम्भीर हुनुहुन्छ, तथागत असिम हुनुहुन्छ समुन्द्र जस्तै, उहाँको तहसम्म पुग्न सकिदैन त्यसैले यो भन्न सकिदैन कि तथागत मरणान्तर रहनु हुन्छ ? वा फेरि तथागत मरणान्तर रहनु हुन्न ?

कोहि तथागतको वेदना नाप्न चाहन्छ भने वेदना पनि परित्यक्त छ । यसै प्रकार महाराज उहाँ जड मुलबाटै काटिएको, उहाँ ताड बृक्ष जस्तै अभाव प्राप्त गर्नुभएको हुनुहुन्छ । महाराज तथागतको वेदना गहन छ, असिम छ, गणना देखि टाढा छ । सुमुन्द्र झै तथागतका वेदनासम्म पनि पुग्न सकिदैन ।

त्यसैले यो भन्न सकिदैन कि तथागत मरणान्तर रहनु हुन्छ रु या फेरि तथागत मरणान्तर रहनु हुन्न ?

यसै प्रकार महाराज यदि कोहि तथागतको सज्ञाले, तथागतको संस्कारले, तथागतको बिज्ञानले तथागतलाई मापन गर्न चाहे तब उहाँ बिज्ञान परित्यक्त (यी सबैभन्दा पर) हुनुहुन्छ । उहाँ जडमुल बाट काटिएको हुनुहुन्छ, उहाँ ताड बृक्ष जस्तै अभाव प्राप्त गरिसक्नु भयो । समुन्द्रको तल झै उहाँसम्म पुग्न सकिदैन । त्यसैले यो भन्न सकिदैन कि तथागत मरणान्तर रहनु हुन्छ ? या फेरि तथागत मरणान्तर रहनुहुन्न ?

यसपछी कोसल नरेस राजा प्रसेनजित भिक्खुणी खेमालाई अभिनन्दन गरि आफ्नो गन्तव्य तर्फ लागे ।

फेरि एकपटक कोसल नरेस राजा प्रसेनजित तथागत भएको ठाउँमा पुगे । बुद्धलाई अभिनन्दन गरि एक छेउमा बसे ।

राजा प्रसेनजितले बुद्ध समक्ष प्रश्न गरे, के तथागत मरणान्तर रहनुहुन्छ ?

तथागतले भन्नुभयो, महाराज ! मैले यो कुरालाई अब्याख्यित राखेको छु ।

तब यो कस्तो कुरा हो ! जब म तपाईंसग सोध्छु कि के तथागत मरणान्तर रहनुहुन्छ ? तपाईं भन्नुहुन्छ मैले यस कुरालाई अब्याख्यित राखेको छु । जब म दोस्रो प्रश्न गर्छु तब पनि तपाईंको उत्तर यहि हुन्छ कि मैले यो कुरा ब्याख्या रहित राखेको छु । तथागत तपाईंले यश कुरालाई ब्याख्या रहित राख्नुको कारण के हो ?

महाराज ! म यश सम्बन्धमा तपाईंलाई एक प्रश्न सोध्छु, तपाईंलाई जे ठिक लाग्छ जवाफ दिनुहोस् ।

के तपाईंको साथमा गणना गर्ने यस्तो कुनै यन्त्र छ जसले तपाईं हिसाब गरेर बताउन सक्नुहुन्छ कि गंगा नदिमा कति सय, हजार, लाख बालुवाका कण छन ?

कोसल नरेस राजा प्रसेनजितले भने, अदभूत कति आश्चर्य छ कि शास्ता र श्राविकाको उत्तरमा न अर्थका दृष्टिले, न ब्यञ्जनको दृष्टिले, न कुनै अरु दृष्टिले कुनै अन्तर छ । एकदमै मेल खान्छ, एक शब्दको फरक छैन ।
महाराज तथागत बुद्धलाई अभिनन्दन गरेर गए । (साभार :- बुद्धकथाएँ) via JanataLive

Loading...
dupteswor

You Might Also Like