फ्रान्स, ५ मङ्सिर । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ(फिफा) प्रमुखका आकाङ्क्षी तथा युरोपियन फुटबल सङ्घका सङ्गठन प्रमुख मिसेल प्लाटिनीका कानुनी सल्लाहकारले पछिल्लो समयमा फिफामा देखिएको विवादले फुटबलको विश्व प्रतिष्ठित सङ्गठनमाथि नै विश्वसनीयतामा कमी आएको बताएका छन् ।

प्लाटिनी पूर्व फिफा प्रमुख सेफ ब्लाटरलाई फिफा प्रमुख बनाउनका लागि उल्लेखनीय सहयोग गर्नुहुने एक व्यक्तित्व हुन्।

प्लाटिनी तथा पूर्व फिफा प्रमुख सेफ ब्लाटरमाथि फिफाको अनुशासन समितिद्वारा उठाइएको अनुशासन पालनासम्बन्धी प्रश्नले फिफाको गरिमामा नै चोट पुगेको प्लाटिनीका कानुनी सल्लाहकार थिवाउड डे अलेसको एएफपी संवाददातासँगको कुराकानीमा शनिबार बताएका हुन् ।

खेलकुद मध्यस्थताका लागि गठित अदालतमा सेफ ब्लाटर र प्लाटिनीले आफूमाथि लगाइएको आरोप झुटा भएको भन्दै न्यायका लागि गरिएको अपिलका बाबजुद फिफाको अनुशासन समितिले उहाँहरुप्रति उठाएको अनुशासन पालनासम्बन्धी आक्षेप आउनु दुर्भाग्यपूर्ण भएको डे अलेसले बताए ।

युरोपियन फुटबल सङ्घका सङ्गठन प्रमुख प्लाटिनीसहित फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटरलाई फिफामा भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा ९० दिन लामो प्रतिबन्ध लगाइएको छ । रासस/एएफपी

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.