भीमदत्तनगर, २१ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–नेपाल कवड्डीको उपाधि नेपाली टिमले जितेको छ । प्रतियोगितामा भारतको हरियाणा राज्यको टिमलाई कञ्चनपुर कवड्डीको टिमले ४२–२० अङ्कले पछि पार्दै उपाधि जित्न सफल भएको हो ।

कञ्चनपुर कवड्डी सङ्घले आयोजना गरेको प्रतियोगितामा विजयी टिमलाई नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पुरस्कृत गरेका थिए

यसअघि आजै बिहान भएको प्रतियोगिताको उद्घाटन नेता साउदले गरेको थियो भने कांग्रेस कञ्चनपुरका सभापति बहादुरसिंह थापा, नेकपा ९एमाले०का अध्यक्ष तारा लामातामाङ, कञ्चनपुर खेलकुद समितिका अध्यक्ष शेरबहादुर चन्द, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्र बहादुर चन्दलगायतले मन्तव्य व्यक्त गरेका थिए । रासस

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.