इलाम, २२ कात्तिक । इलाम सदरमुकाममा शनिबार सम्पन्न इलाम प्रिमियर लिग सिजन–२ को उपाधि झापा काँकडभिट्टाको मिलन क्रिकेट क्लबले हात पारेको छ ।

मेची अञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दौडमा रहेको झापाकै केर्खाको सिर्जना युवा क्लबलाई हराउँदै काँकडभिट्टाले उपाधिमा कब्जा जमाएको हो । उपाधि जितेसँगै काँकडभिट्टाले ५० हजार नगद हात पा¥यो । उपविजेता केर्खाले रु २५ हजारमा चित्त बुझायो ।

टस जितेर फिल्डिङ रोजेको केर्खाले का“कडभिट्टालाई ब्याटिङको निम्तो दिएको थियो । का“कडभिट्टाले २० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३९ रन बनायो । उसका लागि सुरज केसीले २० बल खेल्दै ३३ रन बनाए ।

जवाफी ब्याटिङमा आएको केर्खाका ब्याट्सम्यानलाई काँकडभिट्टाका तीव्र बलरले दबाबमा राखे । केर्खा १८ ओभर दुई बल खेल्दै सबै विकेट गुमाएर ७८ रनमा समेटियो । उसका लागि श्याम थापाले १४ बलमा १२ र विक्रम श्रेष्ठले १६ बलमा १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बटुल्न सकेनन् ।

द पियर फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई राप्रपा नेपालकी सभासद् लीलादेवी श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान पिएफआईका दीपेन्द्र मगर, बलर एमसिसीका विक्रम कार्की घोषित हुनुभयो । प्रतियोगिताका लागि सभासद् श्रेष्ठले ५१ हजार नगद सहयोग गरेका थिए । रासस

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.