विराटनगर, २४ कात्तिक । जैनमुनी रजनिश लगातार १४ दिनदेखि पानीमात्रै ग्रहण गरेर उपवासमा बसेका छन् । विराटनगरको जैन भवनमा जारी चातुर्मासमा सहभागी रहनुभएका उनि सूर्यास्त अघिसम्म मात्र पानी ग्रहण गछन्।

एक्काइस वर्षअघि जैनगुरु आचार्य महाप्रज्ञबाट दीक्षित रजनिशले साधनाको बेलामा पानीमात्रै ग्रहण गर्नु आफ्नो नित्य कर्मजस्तै रहेको जानकारी गराए । उनि जैन धर्मावलम्बीको संस्था तेरापन्थ प्रोफेसनल फोरमका आध्यात्मिक संरक्षक पनि हुन् ।

उनि अहिले आचार्य महाश्रमणसँगै जैन धर्मको विविध पक्षको विषयमा प्रचार र चेतना फैलाउन सक्रिय छन् । सम्भवतः १५ दिन पूरा भएपछि मात्र अन्न ग्रहण गर्ने योजना बनाएका उनमा अहिलेसम्म त्यस्तो कुनै शारीरिक कठिनाइ नभएको बताइएको छ । रासस

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.