Kush-kumar-joshiकाठमाडौं, १९ माघ ।  काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

चार वर्षभित्र निर्माण गरी करिब तीन वर्ष पहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेको जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन् ।

कम्प्नीमा बुझाइएको राजीनामापत्रमा व्यक्तिगत कारण पद त्यागेको उल्लेख गरिए पनि स्थानीय लगानीकर्ता समेतको डेढ महिना लामो धर्नापछि उनले राजीनामा दिएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.