काठमाडौँ, १० फागुन । ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’अन्तर्गत आज त्रिभुवन आर्मी क्लब ‘ए’ले दुवै खेलमा जित हात पारेको छ ।balibal

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा आज बिहान भएको खेलमा आर्मी ‘ए’ले मध्यपश्चिमाञ्चल भलिबल टोलीमाथि विजय हात पा¥यो । त्यस्तै साँझ भएको खेलमा पनि सोही टोलीले सुदूरपश्चिमाञ्चल भलिबल टोलीलाई हराएको छ ।

त्यसैगरी नेपाल पुलिस क्लबले आर्मी ‘बी’ टोलीमाथि जित दर्ता गराउँदा सशस्त्र प्रहरी बलले मध्यमाञ्चल भलिबल टोलीलाई पराजित गर्न सफल भयो । महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा सेनाद्वारा आयोजित प्रतियोगिता आइतबारदेखि सुरु भएको हो ।

यही फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका ‘ए’ र ‘बी’ टोली लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई विभागीय टोली तथा पाँच विकास क्षेत्रका एक एक गरी नौ टोलीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख सहितको पुरस्कार राखिएको छ । त्यस्तै दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार तथा तेस्रो हुनेलाई रु ७५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, ब्लकर, डिफेन्डर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १०–१० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारस्वरुप १५० सिसीको पल्सर मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने सबै टोली र खेलाडीलाई सरकारले तोके अनुरुपको बस्ने र खाने व्यवस्था सेनाले मिलाएको छ । सेना र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा समग्र खेलकुद क्षेत्रकै विकासमा टेवा पु¥याउन प्रतियोगिता सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । रासस

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.