Pg-14-Celeb-1

जेष्ठ १०,- नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योटुकी कोजीले आइतबार लाओसविरुद्ध हुने अन्तर्राष्ट्रिय खेलका लागि २० सदस्यीय टिम घोषणा गरेको छ । खेल मे २९ मा लाओसको भियन्ताइनमा हुनेछ । अभ्यासका लागि सुरुमा बोलाइएका ३३ खेलाडीबाट २० सदस्यीय टिम चयन गरिएको हो ।

अनिल गुरुङको नेतृत्वमा रहेको राष्ट्रिय टिममा किरण चेम्जोङ, विकाश कुथु, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन प्रकाश बुढाथोकी, सुजन श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विकास राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजित श्रेष्ठ छन् ।

यस्तै टिमका अन्य सदस्यमा भरत खवास, नवयुग श्रेष्ठ र सुनिल वल छन् । प्रशिक्षक कोजीको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्न लागेको यो पहिलो पल्ट हो । यसअघि नेपालले उनको नेतृत्वमा मलेसियाली ए टिमसँग खेलेको थियो ।
प्रकाशित: जेष्ठ ९, २०७३

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.