फ्लोरिडा, ११ भदौ : वेष्ट इन्डिज र भारत संसारकै महंगोमध्येको एक रंगशालामा दुईवटा ट्वान्टी–ट्वान्टी खेल खेल्ने भएका छन्।

rangashala

अमेरिकाको फ्लोरिडास्थित रंगशालामा हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल शनिबार (आज) साँझदेखि सुरु हुँदैछ।

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कमा आयोजना हुने यो खेलका लागि विशेष तयारी गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले अमेरिकामा क्रिकेट आयोजना गर्न दिएको यो नै एकमात्र मैदान हो। यो बाहेक अमेरिकामा अन्य कुनै रंगशालालाई क्रिकेट आयोजना गराउने मान्यता आइसिसीले दिएको छैन।

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.