एजेन्सी । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको उपाधि जिते तिर्थयात्रामा निस्कने लियोनल मेस्सीले घोषणा गरेका छन्।

दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत गएको महिना भएको अन्तिम खेलमा मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिना विश्वकपमा छनौट भएको थियो। उनले विश्वकपको उपाधि घर ल्याउन सके ६८ किलोमिटर हिँडेर तिर्थयात्रा गर्ने घोषणा गरेका थिए।

टिवाइसी स्पोर्टससँगको कुराकनीमा मेस्सीले देशलाई उपाधि दिलाउन सके पवित्र तिर्थ यात्रामा निस्कने दाबी गरेका हुन्। अर्जेन्टिनाका क्याथोलिकहरु हरेक वर्ष आफ्नो शहरबाट ६८ किलोमिटर पर्ने गरी सान निकोलसको रोसारिओसम्म हिँड्ने गर्छन्। यसलाई पवित्र तिर्थयात्राको रुपमा लिने गरिन्छ।

 

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.