एजेन्सी, १५ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो ।

उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो ।

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.