बैतडी। सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन्।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो ९सोफा० कम्पनीमा कार्यरत थिए। मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ। मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ।

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.