क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन्। नवलपरासीको परासी बजार स्थायी घर भएका भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेर आत्माहत्या गरेका हुन्।

अध्ययनसँगै उबर चालक रहेका भट्ट बुधबार राति घरबाट आमाले पकाएको खाना खाएर काममा जाने भन्दै हिँडेको परिवारले जनाएको छ। उनी निस्के लगत्तै कोठामासँगै बस्ने साथीले सुसाइड नोट देखेपछि परिवारलाई खबर गरेका थिए। भट्टले नोटमा आफू जिन्दगीबाट विरक्तिएको र समुद्रमा हामफाल्न हिँडेको उल्लेख गरेका थिए।

कन्ट्राकोष्ट कम्युनिटी कलेजबाट अध्ययन सकेर, सानफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा भर्ना हुने सुरसारमा रहेका भट्टले सानराफेल पुलबाट हामफालेर आत्महत्या गरेका थिए । अहिले मृत भट्टको शव पोष्टमार्टम भईसकेको र आज नै उनको दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

 

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.