काठमाडौँ । टी ट्वान्टी विश्व कपअन्तर्गत आज एसिया छनोट समूह ‘बी’ को खेलमा आज आइतबार नेपाल र थाइल्याण्डबीचको खेल सुरु भएको छ।

मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउसो १२ बजेपछि थाइल्याण्ड र नेपालबीच खेल सुरु भएको हो। यसअघिका दुर्इ खेलमा लगातार फराकिलो अन्तरले विजयी भएको नेपाल आज पनि पुरानै लयमा खेल्ने रणनितीमा छ।

यसअघि नेपालले म्यानमार र मलेसियालाई ८–८ विकेटले पराजित गरेको थियो। दुर्इ खेलमा लगातार विजयी भएपनि नेपाल अ‌ंक तालिकाको तेस्रो स्थानमा छ।उता ३ खेल मध्य २ मा जित र एउटा खेल ड्र भएपछि थाइल्याण्ड पहिलो स्थानमा छ। दोस्रो स्थानमा सिंगापुर रहेको छ। नेपाल र सिंगापुरको समान ४ अंक भए पनि रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा परेको हो।

आज थाइल्यान्डमाथि पनि जित हात पार्दै नेपाल शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ। अहिलेसम्म भएका खेलमा थाइल्याण्ड नेपालसँग सँधै पराजित हुँदै आएको छ। छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन्।

पहिलो चरणको छनोटमा नेपालको बाँकी खेल

असोज २३ – नेपाल भर्सेस भुटान
असोज २४– नेपाल भर्सेस चीन
असोज २६– नेपाल भर्सेस सिंगापुर

हेर्नुहोस् लाईभ भिडियो

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.