काठमाडौँ, १ माघ । तरुल एक प्रकारको तरकारी हो । जुन आलु जस्तै सँधै बजारमा पाईदैन र बारिमा सँधै फल्दै पनि । तर माघ १ गते यसको निकै ठुलो महत्व छ। पुसमा पकाएर माघमा खाने फलको रुपमा तरुललाई लिईन्छ।

भिडियो हेर्नुसः

तरुल कसैले स्वादका लागि खान्छन् भने कसैले पेट भर्नको लागि खान्छन् । तर मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन्। जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ।

यस्ता छन् तरुलका फार्यदाहरु

यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो मानिन्छ।तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ।यसमा पाइने एण्टी अक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ।

अनुसन्धान भन्छ, तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार हुन्छ।यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।