मेष
भाग्यको उदय हुनेछ । समाजमा मन प्रतिष्ठा मिल्नेछ । साम्पत्य जीवन सुमधुर रहनेछ । आम्दानीमा वृद्धि हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

वृष
जागिरमा पदोन्नतिको सम्भावना रहेको छ । आकस्मिक धन लाभ हुनेछ । व्यवसायिक काममा सफलता मिल्नेछ । मनमा शान्ती छाउनेछ ।

मिथुन
प्रतिष्ठित व्यक्तिहरुसंग निकटता बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धैर्य रहन सकेमा काममा प्रशंसा मिल्नेछ ।

कर्कट
वैवाहिक सम्बन्धमा उदासिनता छाउनेछ । आत्मविश्वास कायम राखन सके समस्याको समाधान गर्न सकिनेछ। शत्रुले मौकाको फाइदा उठाउन कोसिस गर्नेछन् ।

सिंह
आम्दानीमा सुधार हुनेछ । काममा धैर्यताको आवश्यकता रहेको छ । परिवारमा मतभेद उत्पन्न हुनेछ । कडा मिहिनेत गर्नुपर्नेछ ।

कन्या
व्यवसायिक काममा सफलता मिल्नेछ । राम्रो आम्दानी हुनेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । नातेदारबाट सहयोग प्राप्त हुनेछ ।

तुला
कसैले झुटो आरोप लगाउन सक्छ । व्यवसायमा कुनै नयाँ अवसर मिल्न सक्नेछ । जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ । परिवारमा आफ्नो मान बढ्नेछ ।

वृश्चिक
मनमा शान्ती र अनुहारमा कान्ती छाउनेछ । आम्दानी बढ्ने अथवा आम्दानीको नयाँ स्रोत फेला पर्ने योग रहेको छ । परिवारका सदस्यको स्वास्थ्य समस्याले भने चिन्तित गराउने सम्भावना रहेको छ ।

धनु
नोकरीमा सुखद समाचार मिल्नेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । जीवनसाथीको सहयोगले महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। विद्यार्थीहरुले भने कडा मिहिनेत गर्नुपर्ने समय रहेको छ ।

मकर
रिसमा नियन्त्रण गर्नुपर्ने समय छ। वादविवाद तथा मुद्दामामिलाबाट टाढा बस्नु नै राम्रो हुनेछ । कडा मिहिनेत गर्नाले काममा सफलता हासिल गर्न सकिनेछ ।

कुम्भ
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । शत्रुमाथी विजय प्राप्त गर्न सकिनेछ । साथीहरुको सहयोग मिल्नेछ । आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ ।

मीन
जीवनसाथीसंग भ्रमणको योग रहेको छ । सन्तानका कारण चिन्ता बढ्नेछ । मान्यजनको साथ मिल्नेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ ।