मेष
व्यापार व्यवसायमा सुधारको समय छ । परिवारका सदस्यसंग मिलेर गरिएको काम सफल हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

वृष
काम बिग्रन सक्ने सम्भावना रहेकोले काममा विशेष ध्यान पुर्याउनु पर्नेछ । संगतले बेफाइदा हुनेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ ।

मिथुन
बहुमूल्य वस्तु खरिद गरिनेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ । विरोधीहरुले खुट्टा तान्ने प्रयास गरे पनि असफल हुनेछन् । भ्रमणको योग रहेको छ। आफ्नो व्यवहारले सबैको मन जित्न सकिनेछ ।

कर्कट
ऋणबाट मुक्त भइनेछ । मनमा शान्ती छाउनेछ । साथीहरुसंग रमाइलो भेटघाट हुनेछ । आफ्नो निर्णयले परिवारमा असर पर्न सक्ने हुनाले निर्णय गर्दा विशेष ध्यान पुर्याउनुपर्नेछ ।

सिंह
आजको दिन फलदायी रहनेछ । साथीहरुको सहयोग मिल्नेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । एक्लो जीवन बिताइरहेकाको प्रेम सम्बन्ध गाँसिने योग रहेको छ ।

कन्या
कुनै नोक्सानी भएतापनि आउँदा दिनमा त्यो नोक्सानीको परिपूर्ति हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । परिवारमा खुशी छाउनेछ । मन अशान्त रहनेछ ।

वृश्चिक
समाजमा प्रतिष्ठित व्यक्तिहरुको संगतले लाभ मिल्नेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्नेछ । सावधानी पूर्वक काम गर्नाले सफलता मिल्नेछ। मान्यजनको आशिर्वाद मिल्नेछ ।

धनु
कुनै पनि महत्वपूर्ण काम गर्नु अगाडी सावधानी अपनाउनुपर्ने समय रहेको छ । रिसमा नियन्त्रण गर्नुपर्नेछ । खानपानका कारणले बिमार हुनसक्ने भएकोले खानपानमा सजगता अपनाउनुपर्नेछ ।

मकर
आज दान गर्नाले अधिक लाभ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्नेछ । कडा मिहिनेत गर्नाले विद्यार्थी वर्गलाई सफलता मिल्नेछ । सन्तानबाट सुख मिल्नेछ ।

कुम्भ
आज मेहेनतका साथ गरिएको हरेक काममा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्नको लागि उत्तम समय रहेको छ । परिवारमा खुशी छाउनेछ। नयाँ साथीहरु बन्नेछन् ।

मीन
आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु पर्नेछ । काममा प्रशंसा मिल्नेछ । परिवारमा मतभेद उत्पन्न हुनसक्छ । नयाँ घर या जमिन खरिदको चर्चा चल्नेछ ।