मेष
महिला मित्रबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ ।

वृष
रचनात्मक काममा सफलता मिल्नेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । साथीहरुको सहयोग मिल्नेछ । सुखद समाचार सुन्न पाइनेछ ।

मिथुन
जोश र जाँगर बढ्नेछ । आँटेको काम पूरा हुनेछ । परिवारमा खुशी छाउनेछ । कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य सम्बन्धि सानो समस्याले सताउन सक्नेछ ।

कर्कट
हरेक काममा सफलता मिल्नेछ । भ्रमणको योग रहेको छ । खर्च बढ्नेछ भने आम्दानीमा पनि वृद्धि हुनेछ । साथीहरुसंग सम्बन्ध अझ नजिक र बलियो हुनेछ ।

सिंह
जीवनसाथीबाट सहयोग र साथ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । मान्यजनको सामिपय्ता तथा आशीर्वाद मिल्नेछ । परिवारको साथमा भ्रमणको योग रहेको छ ।

कन्या
स्वास्थ्य सम्बन्धि गडबडी देखिन सक्नेछ । आर्थिक रुपले समय अनुकुल रहेको छ । काममा कुनै समस्याको सामना गर्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला
आज गरेको हरेक काममा सफलता मिल्नेछ । शत्रुमाथी विजय प्राप्त गर्न सकिनेछ । प्रेम सम्बन्धमा मन मुटाव आउन सक्छ । समाजमा प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक
कडा मिहिनेत गर्नुपर्नेछ। थकान महसुस हुनेछ । पारिवारिक समस्याले सताउनेछ । व्यर्थ खर्च हुनेछ । खराब संगतबाट बच्नुपर्ने समय रहेको छ ।

धनु
हतारमा कुनै पनि काम नगर्नु आजको लागि राम्रो हुनेछ । आज महत्वपूर्ण निर्णय नलिनु उचित हुनेछ । बोली तथा व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय रहेको छ ।

मकर
व्यवसायमा साझेदारका कारण समस्या उत्पन्न हुनेछ । नयाँ काम सुरु गर्नको लागि आजको दिन त्यति उचित छैन । प्रेमसम्बन्धमा मनमुटाव हुन सक्नेछ । काममा आशा अनुसारको फल मिल्नेछैन ।

कुम्भ
व्यापार सम्बन्धि कुनै पनि कामको लागि आजको दिन शुभ रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । काम सम्बन्धि यात्रा फलदायी रहनेछ । बोलीमा ध्यान पुर्याउनु उचित हुनेछ ।

मीन
काममा सफलता मिल्नेछ । पारिवारिक कुराले तनाव दिनेछ । साथीहरुबाट पूर्ण सहयोग मिल्नेछ । रोकिएको काम पूरा हुनेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्नेछ ।