काठमाडौं, ७ माघ । नेपाली बजारमा आज आईतबार विदेशी मुद्राको भाउ यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर ११४ रुपैयाँ २० पैसा रहेको छ।
आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्री दर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
 
त्यस्तै युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।
त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ३९ पैसा रहेको छ।
 
अन्य देशको विवरण तालिकामा हेर्नुहोस्