काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आईतबार सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।


आज नेपाली बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आईतबार पनि चाँदीको मूल्य ७५५ रहेको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।