काठमाडौँ । वास्तु अनुसार घरमा सकारात्मक र नकारात्मक उर्जा दिनेबारेमा बताईएको छ। हामीले वास्तुलाई ध्यान दिएर अगाडि नै काम गरेको खण्डमा हामीलाई सकारात्मक उर्जा मिल्छ भने लापरवाही गर्दा अशुभ उर्जा प्राप्त हुन्छ।

घरमा वास्तु दोष छ भने मानिसमा मानसिक तनाव उत्पन्न हुने वास्तु विज्ञ बताउँछन्। ज्योतिषाचार्य मनीष शर्माका अनुसार घरको मुल ढोकामा राख्ने सामानले पनि मानिसमा ठुलो असर पर्छ ।

ढोका नजिकै के राख्नु हुन्छ के राख्नु हुँदैन

१) घरको मुलद्वारमा कहिल्यै पनि फोहोर राख्नु हुँदैन । ढोकामा फोहोर राख्नाले घरभित्र नकारात्मक ऊर्जा प्रवेश हुन्छ।

२) घरमा सकारात्मक ऊर्जा प्रवेश गराउनका लागि ढोकामा स्वस्तिक, ऊँ, श्री गणेश जस्ता शुभ चिञ्ह लगाउनु पर्दछ । यी चिजको प्रभावले घरको वातावरण पवित्र हुन्छ ।

३) घरको मुल ढोकामा धातुको हेन्डिल विंड राख्नु राम्रो मानिन्छ। धातुको हेन्डिलले वास्तु दोषबाट जोगिन निकै लाभदायक मानिन्छ।

४) मुल ढोकाको नजिकै तुलसीको गमला राख्नु अति शुभ मानिन्छ । यसो गर्नाले घरमा प्रवेश गनेवाला नेगेटिव इनर्जी पोजेटिभ रुपमा बदलिन्छ।

५) ढोकाको चार कुनामा अशोकको पातले बनेको वंदरवार लगाउनु राम्रो मानिन्छ । अशोकको पातले घरमा नेगेटिभ ऊर्जा प्रवाह दिँदैन ।