rashifal

आज वि.सं. २०७५ साल माघ २२ गते मंगलबार तदनुसार इश्वी सन् २०१९ फेब्रुवरी ५ तारिख यी तीन राशी हुनेहरुको चम्किनेछ भाग्य,यस्तो छ आजको राशिफल

मेष
व्यवसायमा नयाँ विचारका कारण केही बदलाव आउनेछ । लगातारको यात्रा र प्रतिबद्धतामा दिन बित्नेछ । इष्टमित्र तथा नातेदारको सहयोगका निम्ति अगाडी बढिनेछ । भाइ या बहिनीको स्वास्थ्य समस्याका कारण चिन्ता बढ्नेछ ।

वृष
काममा सफलता हासिल गर्नको लागि कडा मिहिनेत गर्नुपर्नेछ । नयाँ सम्बन्धहरु गाँसिनेछ । कार्यालयमा उच्च पदमा रहेका व्यक्तिका कारण तनाव झेल्नुपर्नेछ ।

मिथुन
व्यवसायमा प्रगति हुनेछ । विदेश यात्राको योग रहेको छ । नयाँ योजनाहरु द्रुत गतीका साथ अगाडी बढ्नेछन् । धैर्य रहन सकेमा मिहिनेत अनुसारको फल मिल्नेछ । आँखा या छाला सम्बन्धि स्वास्थ्य समस्या देखिनेछ ।

कर्कट
नयाँ क्षमतामा वृद्धि हुनेछ । पदोन्नतिको योग रहेको छ । शत्रु पनि मित्र बन्नेछन् । मुद्दा मामिलामा जित हासिल हुनेछ । कार्य क्षेत्रमा अत्रिकता जिम्मेवारी उठाउनुपर्नेछ ।

सिंह
परिवारका सदस्यसंग मतभेद उत्पन्न हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । कडा मिहिनेत गर्न सकेमा सफलता हासिल हुनेछ । गहन विषयको अध्ययनमा रुचि जाग्नेछ ।

कन्या
स्वास्थ्य गडबड हुनेछ । व्यवसायमा सतर्कता अपनाउनुपर्नेछ । आम्दानी रोकिनाले आर्थिक समस्याको सामना गर्नुपर्नेछ । भावनात्मक रुपले कमजोर महसुस गरिनेछ ।

तुला
धार्मिक काममा रुची बढ्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । सहकर्मीहरुको साथ र सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्नको लागि उत्तम समय रहेको छ । आर्थिक लाभ मिल्नेछ ।

वृश्चिक
वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । सबैजसो प्रयासहरु सफल हुनेछन् । सामाजिक समारोहमा सहभागी भइनेछ । मान सम्मान मिल्नेछ । साथीहरुको साथ र सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

धनु
आत्मविश्वास बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यवसायमा सहकर्मी तथा वरिष्ठ व्यक्तिहरुको साथले फाइदा पुग्नेछ । नयाँ कामको सुरुवार हुनेछ । मनमा शान्ती र अनुहारमा कान्ती छाउनेछ ।

मकर
व्यवसायमा सफलता प्राप्त हुनेछ । महत्वपूर्ण सम्झौताले अन्तिम रुप लिनेछ । नयाँ कार्यको सुरुवात हुनेछ । परिवारमा हर्षोल्लास छाउनेछ । मान सम्मान मिल्नेछ ।

कुम्भ
केही महत्वाकांक्षा पूरा हुनेछन् । मन शान्त रहनेछ । शुभ समाचार सुन्न पाइनेछ । जीवनसाथीको पूर्ण साथ र सहयोग मिल्नेछ । आमाको स्वास्थ्य समस्याले केही चिन्तित बनाउनेछ ।

मीन
समस्याहरु समाधान हुँदै जानेछन् । मिहिनेत अनुसारको फल मिल्नेछ । आर्थिक लाभको लागि विभिन्न अवसरहरु मिल्नेछन् । साझेदारीमा केही तनाव उत्पन्न हुन सक्नेछ ।
सबैको जय होस।