aajako rashifal

आज वि.सं. २०७६ साल वैशाख २९ गते। आइतबार। इश्वी सन् २०१९ मे १२ तारिख। तिथि– अष्टमी। हेर्नुहोस तपाइको आजः

मेष
धर्मकर्ममा रुची बढ्नेछ । पदोन्नतिको योग रहेको छ । मानप्रतिष्ठा बढ्नेछ । सरकारी कामकाजमा सफलता मिल्नेछ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ । परिवारसंग केही दूरी बढ्नेछ ।

वृष
आजको दिन मध्यम रहनेछ । खर्च बढ्नेछ । अनावश्यक चिन्ताले सताउनेछ । बोलीमा नियन्त्रण राख्नुपर्नेछ । सहकर्मीको साथ मिल्नेछ । आर्थिक लाभ हुनेछ ।

मिथुन
शारीरिक मानसिक स्वास्थ्य बिग्रिनेछ । वादविवादबाट टाढा बस्नु राम्रो हुनेछ । खर्च बढ्नेछ । परिवारमा तनावको स्थिति सिर्जना हुन सक्नेछ।

कर्कट
शिक्षामा प्रगति हुनेछ । काम सफलता पूर्वक सम्पन्न हुनेछ । आफू भन्दा मान्य व्यक्तिबाट सल्लाह लिएर काम गर्नु उचित हुनेछ । मनमा चंचलता बढ्नेछ ।

सिंह
सुख तथा मनमा शान्ती प्राप्त हुनेछ । प्रसन्नता छाउनेछ । सहकर्मीहरुको साथ र सहयोग मिल्नेछ । रिसमा नियन्त्रण गर्नुपर्नेछ ।

कन्या
हतारमा निर्णय लिनाले फस्न सकिनेछ । मुद्दामामिला तथा वादविवादबाट टाढा नै बस्नु उचित हुनेछ । बोलीमा नियन्त्रण गर्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । व्यवसायमा सफलता मिल्नेछ ।

तुला
आत्मविश्वास बढ्नेछ । परिवारमा खुशी र शान्ती छाउनेछ । स्वास्थ्य राम्रो रहनेछ । बोलीमा नियन्त्रण राख्नुपर्नेछ । प्रतिस्पर्धीबाट टाढा रहनु उचित हुनेछ ।

वृश्चिक
आफन्तबाट सहयोग नलिनु आज उचित हुनेछ । साझेदारसंग सम्बन्ध राम्रो रहेतापनि नतिजामा केहि गडबडी हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ । घरमा कुनै शुभ कार्य हुनेछ ।

धनु
वादविवादबाट टाढा रहनुपर्ने समय छ । मान प्रतिष्ठामा आंच आउन सक्ने समय छ । सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ । शिक्षामा सफलता मिल्नेछ । धार्मिक कार्यको लागि खर्च बढ्नेछ ।

मकर
स्वास्थ्यमा खराबी आउन सक्नेछ । सन्तानको कारणले चिन्ता छाउनेछ । आर्थिक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधान हुनेछन् ।

कुम्भ
बोलीमा नियन्त्रण राख्नुपर्नेछ। घरमा कुनै शुभकार्यको चर्चा चल्नेछ । नयाँ कामको सुरुवात गर्नको लागि राम्रो दिन रहेको छ । साथी तथा नातेदारसंग रमाइलो भेटघाट हुनेछ ।

मीन
अनावश्यक चिन्ताले सताउनेछ । कुनै काम गर्दा आफू भन्दा मान्य व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ । परिवारमा मनमुटाव तथा चिन्ता बढ्न सक्नेछ ।