saptahik-rashifal-nepali

बालब्यास पं नबिन खतिवडाबाट प्राप्त कार्तिक १७ गते आइतबार देखि २३ गते शनिबार सम्मको साप्ताहिक राशिफल :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोकिएका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका मिल्ने छ ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ भने शारीरिक स्थिति मजबुत रहने छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बोली एवं ब्यवाहारमा सक्दो नियन्त्रण राख्नु होला, सप्ताहान्तमा आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्ने देखिन्छ चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,सन्तान बाट खुसी प्राप्त हुने देखिन्छ भने बाबा भोलेनाथ को उपासना वा आरधना गर्नाले कार्य मा सफल भैने छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –अर्थ लाभको अवसर आउने छन्,सप्ताहान्तमा कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,सवारी साधन बाट जोगिनाले राम्रो हुनेछ भने दुर्गा कवच पाठ गर्नाले कार्यमा सफल भैने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –रोजगारीको लागि अवसर हरु जुट्ने छ्न् ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, मातापिताको सहयोग बाट महत्वपूर्ण कार्य सिद्ध हुने योग रहेको छ ,भने गौ माता (गाई )को दर्शन गरि कुनै कार्यगरे सफल भैने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,भने सप्ताहान्त मा समय सामान्य रहेको छ कुनै मठ मन्दिर को दर्शन गरि कार्य प्रारम्भ गरे सफल भैने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सानातिना कामको झमेला आइपर्न सक्ला ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,स्वास्थय मा समस्या देखापर्न सक्ला भने हनुमान कवच पाठ गर्नाले कार्यमा सफल भैने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ समय रहेको छ ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधना वा स्मरण गग्नाले कार्यमा सफल भैने छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –धर्म तथा अध्याम क्षेत्रमा मन जाने छ,व्यापार व्यवसाय मध्यम रहेको छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा वा स्मरण गर्नाले कार्यमा सफल भैने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आर्थिक संकट देखापर्न सक्ला भनेजस्तो प्रतिफल पाउन अत्यन्त संघर्ष गर्नुपर्ने देखिन्छ ,महत्वपूर्ण काममा ध्यान दिनु होला,बोलीमा विचार पुराउनु होला भरसक वाणिमा नियन्त्रण गर्नुहोला , पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, पतिपत्नी मा केही असमझदारी हुने देखिन्छ भने सन्तान बाट खुसिको खबर सुन्ने योग रहेको छ भने माता गैरी को स्मरण गर्नाले कार्य सफल भैने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,फलाम जन्य वस्तु बाट जोगिनु होला जिबन साथी सगॅ मनमुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जपारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु पुर्याउनुहोला भने शनि देव को उपासना वा स्मरण गरि कार्य प्रारम्भ गर्नुहोला सफल भैने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –उधोग क्षेत्रमा लगानी बिस्तार गर्न सके समय अत्यन्त राम्रो रहेको छ जसबाट राम्रो फाइदा लिनसकिने छ,मानसम्मान बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ भने भगवान श्री कृष्ण को स्मरण गरि कार्य गर्नाले सफल भैने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –परिवार तथा साथीभाइ इस्ट मित्र सङ्ग अविश्वासको वातावरण बन्नेछ,सप्ताहा को सुरुवात समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ स्वास्थ्य अवस्था मा केही समस्या देखापर्न सक्ला भने माता मनकामना लाई प्राथना गर्नाले सफल भैने छ।

ज्योतिष तथा श्रीमद्भागवत एवं अन्यपुराण वाचक
बालब्यास पं नबिन खतिवडा
सुर्योदयनगरपालिका ३ रुङसुङ्ग इलाम
सम्पर्क नं ९८१४०४३७४९,९८४०९९२६२०