busdurghatana-sukete

मेलम्ची, १७ कात्तिक : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार केही शव खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार जारी रहेको जानकारी दिनुभयो ।

busdurghatana
घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।(रासस)

पुरानो समाचार

सुकुटे बस दुर्घटनामा ६ को निधन

मेलम्ची, १७ कात्तिक : सुकुटे बस दुर्घटनामा ६ को निधन:दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् ।
बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताउनुभयो । बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।