काठमाडौँ । आज वि.सं. २०७६ कात्तिक १८ गते,तदनुसार इ.स. २०१९ नोभेम्बर ४ तारिख सोमबार सुनको मूल्य घटेको छ।

आज छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

nepal-gold-and-silver

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।