ajako rashifal bihibar

आज मिति वि.सं. २०७६ कात्तिक २१ गते  बिहीबार तदनुसार इ.स. २०१९ नोभेम्बर ७ तारिख कार्तिक शुक्लपक्ष दशमी तिथि।आजको राशिफल :

मेष राशी आज भाग्यले साथ दिनेछ । शैक्षिक क्षेत्रमा विशेष सफलता हात पर्नेछ । कुकुरलाई आफ्नो सामिप्यमा राख्नु आज राम्रो हुनेछ ।

वृष राशी शुभ समाचार प्राप्त हुनेछ । वादविवादमा नफस्नु राम्रो हुनेछ । बोली तथा रिसमा नियन्त्रण गर्नुपर्नेछ । नोकरीमा राम्रो हुनेछ ।

मिथुन राशी विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहेको छ । प्रतियोगिताहरुमा सफलता मिल्नेछ । शरीरमा नयाँ जोश जाँगर बढ्नेछ । कामहरु सजिलै पूरा हुनेछन् ।

कर्कट राशी घर परिवारमा खुशी छाउनेछ । शुभ समाचार मिल्नेछ । नयाँ कार्य सुरु गर्नको लागि आजको दिन राम्रो रहेको छ ।

सिंह राशी शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवारसंग राम्रो समय बित्नेछ । बोलीमा नियन्त्रण राख्नु पर्नेछ ।

कन्या राशी स्वास्थ्य प्रति विशेष सचेत रहनु पर्नेछ । काममा बाधा उत्पन्न हुनसक्छ । निराशा र नकारात्मक विचारले सताउनेछ ।

तुला राशी आफ्नो जिम्मेवारी निर्वाह गरिनेछ । शैक्षिक क्षेत्रमा राम्रो नतिजा हात पर्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्ने सम्भावना रहेको छ ।

वृश्चिक राशी आज भाग्यले साथ दिनेछैन । कामको क्षेत्रमा नोक्सानी व्यहोर्नु पर्नेछ । रिसमा नियन्त्रण गर्नुपर्नेछ । घरका मान्यजनको सेवा गर्नाले शुभ फल प्राप्त हुनेछ ।

धनु राशी काममा बाधा उत्पन्न हुनेछ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पहेंलो रंग आजको लागि शुभ रहनेछ ।

मकर राशी आज परिवारसंग राम्रो समय बिताउन सकिनेछ । मानसिक शान्ती प्राप्त हुनेछ । काममा सफलता मिल्नेछ ।

कुम्भ राशी आफ्नो जिद्दी स्वभावमा आज नियन्त्रण गर्नु पर्नेछ । यात्रामा दुर्घटना हुने योग भएका कारण सतर्कता अपनाउनु राम्रो हुनेछ ।

मीन राशी बोलीमा नियन्त्रण गर्नु पर्नेछ । आज भाग्यले साथ दिनेछ । मान्यजनबाट सहयोग प्राप्त हुनेछ ।