ajako rashifal

आज वि.सं. २०७६ कात्तिक २३ गते शनिबार तदनुसार इ.स. २०१९ नोभेम्बर ९ तारिख कार्तिक शुक्लपक्ष। द्वादशी। प्रस्तुत छ आजको राशिफलः

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वादविवाद हुन सक्छ । पेट सम्बन्धि स्वास्थ्य समस्याले सताउनेछ । साथी भाइबाट सहयोग मिल्नेछ । परिवारको साथमा रमाइलो गरि समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन राम्रो रहेको छ । काम सफल हुनेछन् । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। परिवारमा तनाव उत्पन्न हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कसैसंग मनमुटाव हुनेछ । परिवारमा चिन्ता बढ्नेछ । शारीरिक तथा मानसिक थकान बढ्नेछ । चिन्ता बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साथी तथा नाता गोताको साथ तथा सहयोग मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । सुखद समाचार मिल्नेछ । कार्य सफल हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आलस्यता बढ्नेछ । परिवारमा मनमुटाव हुनेछ । नकारात्मक विचार उत्पन्न हुनेछ । कामको क्षेत्रमा भने राम्रो समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)साथीभाइसंगरमाइलोजमघटहुनेछ । वादविवादमाहारव्यहोर्नुपर्नेछ । दिनकोसाँझपखआर्थिकलाभमिल्नेछ । साथीहरुकोसहायोमिल्नेछ।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)कामको क्षेत्रमा केही सुधार हुनेछ । आर्थिक लाभ मिल्नेछ । दाम्पत्य जीवनमा खटपट हुन सक्ने भएकोले विशेष ध्यान दिनुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )माल सामान हराउन सक्ने सम्भावना रहेकोले सजग रहनुपर्नेछ । कुनै ठूलो गल्ती पनि हुनसक्ने भएकोले हरेक काममा ध्यान दिनुपर्नेछ । दाम्पत्य जीवनमा मनमुटाव उत्पन्न हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आजको दिन राम्रो रहनेछ । आर्थिक लाभ हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । रमाइलो तरिकाले समय व्यतित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)परिवारमा खुशियाली छाउनेछ । शुभ समाचार आउनेछ । विशेष व्यक्तिसंग भेटघाटको अवसर जुट्नेछ । मन हर्षित रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)साथीहरुको सहयोग मिल्नेछ । परिवारसंग राम्रो समय बित्नेछ । स्वास्थ्यका कारण चिन्ता बढ्नेछ । मानसिक तथा शारीरिक थकान बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । साथीहरु संग घनिष्टता बढ्नेछ । कुनै कठीन परिस्थितिसंग जुध्नपर्ने अवस्थाआउनेछ ।