Mata_pathivara

मेष : तपाईका लागि आजको दिन सामान्य खालको रहेको छ । स्वास्थ्यमा सुधार, प्रेममा सफलता मिल्ने दिन रहेको छ। परिवारमा वादविवाद उत्पन्न हुनसक्छ । बोल्दा बिचार पुर्याएर बोल्नु उत्तम मानिन्छ।

वृष : आज तपाईको योग्यता र बुद्धिमताको प्रयोग हुने छ । तपाईको योजनाले व्यापारमा उन्नती हुने देखिन्छ भने धन लाभ हुने सम्भावना छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । बेकारको यात्राले झमेला हुनसक्ला।

मिथुन : पढाईलेखाईमा उन्नती हुने देखिन्छ । परिवारबाट सुख प्राप्त हुने देखिन्छ । धार्मिक कार्यमा मन जाने देखिन्छ भने सुखद समाचार सुन्न पाउनुहुनेछ ।

Loading...

कर्कट : आज नकारात्मक विचारले जन्मलेला । कार्य क्षेत्रमा उतार चढाब हुनेछ भने विचार पुर्याएर बोलेको बोलीले ठुला कामहरु बन्न सक्छन्। हरियो रंगकको कपडा नलगाउनु बेस हुनेछ।

सिंह : एक जिम्मेवार मानिसको रुपमा समाजमा देखा पर्नुहुनेछ। तपाइले बनाएका योजना प्रयोग उपयुक्त समय आज हो । नकारात्मक विचारले जन्म लेला । खानपानमा समस्या आउन सक्छ।

कन्या : मनमा आएको विचारले गम्भीर रुप लिन सक्छ । परिवारका सदस्यप्रति चिन्ता थपिन सक्छ । तपाई र तपाईको स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । दाजुभाई तथा साथीभाईको संगतले राम्रो कामको सुरुवात हुनेछ।

तुला : मानसिक रोगले सताउला । स्वभावमा अचानक बदलाप आउन सक्छ । परिवार सुख, स्वास्थ्यमा लाभ हुने देखिन्छ भने मिष्ठान्न भोजको योग रहेको छ।

वृश्चिक : जोस जाँगर बढेर जाने छ । मनले चिताएको काम समयमै बन्न सक्छ । तपाईको चलाखाईले तपाईलाई सफलता मिल्ने छ। मान सम्मानमा हानी हुने सम्भावना रहेको छ भने खानपानमा विचार पुर्याउनु राम्रो देखिन्छ।

धनु : तपाईको भाग्योदयको दिन रहेको छ । जिम्मेवारी बहन गर्न सकिएला । भविश्यका बारेमा सोच बिचार गर्नु राम्रो होला । सन्तानबाट सुख प्राप्त हुने देखिन्छ भने रमाईलो यात्राको सम्भावना रहेको छ।

मकर : पढाई लेखाईमा उन्नती हुनेछ । नचिताएको ठाउँबाट धन लाभ हुनाले खूशीले मन गद्गद् होला । मित्रजनबाट सहयोग प्राप्त हुने देखिन्छ भने स्त्री वर्गको सहयोगमा ठुलो काम बन्न सक्छ।

कुम्भ : आजको दिन तपाई सचेत रहनुहोला । विपरित परिस्थितिका कारण बन्न लागेको काम बिग्रिन सक्छ। कुनै प्रकारको चोट लाग्ने सम्भावना रहेको छ।

मीन : रिस बढेर जाने छ । धन, घर सम्पत्तिबाट सुख प्राप्त हुनेछ भने आफन्तबाटै धोका हुनसक्छ । लामो समयदेखि हराएको धन प्राप्त होला । मन प्रफुल्लित हुनेछ।

Loading...
Loading...