nepal-mausam

आगामी तीन दिनको मौसम पूर्वानुमान, हेर्नुहोस् यस्तो छ

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन।

मौसमको अवस्था यस्तो छ –
हाल देशको मध्य र पश्चिमी तराईमा कुहिरो/हुस्सु लागेको छ भने पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २७ गते (आईतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पौष २८ गते (सोमबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकोले हुसु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

-Mausam Bigyan Bibhag