weather samachar

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-१०-०७, साझँ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

देशभर आंसिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ७ गते (मंगलबार)

रातीः देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा आंसिक देखि सामान्य बदली रहने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

Source: मौसम पूर्वानुमान महाशाखा