mausam_weather

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसमको अवस्था )Present Weather Status):

हाल देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंसिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागहरुमा हुस्सु/कुहिरो रहनेछ।

रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।
स्रोतः नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०८, बेलुका ६:०० बजे)