dengu-rog-nepal

चैत १, २०७६ शनिबार,काठमाडौं । विश्वभर फैलिएको कोरोनाले नेपालमा समेत त्रास निम्त्याएको छ।

अधिकारीहरुको दाबी अनुसार हालसम्म एक जना बाहेक कोरोनाका बिरामी फेला परेका छैनन्। विश्वभर सन्त्रास सिर्जना गरेको कोरोनाबारे उच्च सतर्कता अपनाउन पर्ने आवाज उठिरहेको छ। सरकारले सोही अनुसारको तयारी गर्दै गएको छ।

यसैबीच, नेपालमा मौसम परिवर्तनसँगै डेँगु रोग देखा पर्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विभिन्न अस्पतालमा ३६ जना डेंगुका बिरामी फेला परेका छन्।

epidemoilogy_nepal

via Dainik Online