gold-chura

चैत २, २०७६ आइतबार,काठमाडौं । आज पनि सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुन प्रति तोलमा ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन पनि तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ ।

आइतबार चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर शुक्रबार चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा कारोबार भएको थियो ।

sunchadi

via Dainik Online