Covid_Kathmandu_Valley

काठमाडौंँ, भदौ ७ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

घटेन जोखिम

निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।
भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ ।

अवस्था जटिल हुनसक्छ : विज्ञ

त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताउनुभयो । उहाँले अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको बताउनुभयो ।बन्जाराले बन्दाबन्दी खुलेपछि नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेको भन्दै सङ्क्रमण शून्य भएका देशमा पनि कुनै चमत्कार नगरी जनस्वास्थ्यका नियम मात्र पालना गरेको बत(ाउनुभयो । उहाँले नियमित मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र कुनै जमघट हुनुभन्दा पहिले त्यहाँ निर्मलीकरण गर्ने, साबुनपानीले जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्य मन्त्रालय, महानगरपालिका लगायतका निकायका कारण सङ्क्रमण बढेको बताउनुभयो ।

उहाँले समुदायभन्दा माथि गइसकेको सङ्क्रमण रोक्न कठिन हुने भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । देशभर थपिए ६३४ सङ्क्रमित मन्त्रालयका अनुसार काठमाडाँै उपत्यकामा २१६ जनासहित देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।

नौ जनाको मृत्यु

यसैबीच शनिबार नेपालमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले गत २४ घण्टामा थप नौको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले भक्तपुर, मकवानपुर, सिरहा, बाराका एक÷एक पुरुष, पर्साका तीन पुरुष र सुनसरीमा छ वर्षीया बालिका र एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।