gold news

काठमाडौ, भदौ १६ गते । शुक्रबारबाट उकालो लाग्न सुरु गरेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको भाउ मंगलबार पनि बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलामा नौ सय रुपियाँ बढेको जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपियाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँ पुगेको छ ।