Ktm_Coron

काठमाडौं, भदौ १९ गते । काठमाडौं उपत्यकामा कोभिड–१९ का ४५४ जना सङ्क्रमितको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाका ४५४ जना सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा सबैभन्दा बढी ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमितको पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ४४५ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

नेपालमा हाल १८ हजार ४०४ जनामा कोभिड–१९ का बिरामीमा सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३५४ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।