gold news

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको मूल्य घटेको छ।

आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।