ktm2020

काठमाडौं, भदौ २४ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४६४ जना कोरोनाका सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ गरी उपत्यकाका तीन जिल्लामा कुल ४६४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा थपिएका सङ्क्रमितमध्ये १०४ महिला र २९० पुरुष छन् । ललितपुरमा २१ महिला र १३ पुरुष तथा भक्तपुरमा २० महिला र १६ पुरुषमा सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा ११ हजार १६७ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । जसमध्ये एक हजार ८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ९१८ जना सङ्क्रमित मुक्त भएर घर फर्केका छन् ।