काठमाडौँ, भदौ २६ गते । कीर्तिपुर नगरपालिका–७ भाजङ्गालस्थित घरबेटीको आक्रमणबाट बारा कलैया–५ का ४८ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारका अनुसार कुटपिटमा सङ्लग्न घरबेटी ६६ वर्षीय प्रेमलाल महर्जनलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

घरबेटी महर्जन र चौधरीबीच खानेपानीको सम्बन्धमा विवाद हुँदा चौधरी भाडा नदिई केही दिनअघि अर्कै स्थानमा कोठा सरेका थिए । तर, शुक्रबार दिउँसो १२ बजे चौधरी पुरानो घरबेटी कहाँ पुगेका थिए ।

सोही बेला आपसमा भनाभन हुँदा घरबेटी महर्जनले चौधरीमाथि काठको गजवारले आक्रमण गर्दा सख्त घाइते भई उपचारका लागि कीर्तिपुर अस्पताल पु¥याइएको प्रहरी नायव उपरीक्षक तण्डुकारले बताउनुभयो । उपचारकै क्रममा चौधरीको दिउँसो २.३० बजे मृत्यु भएको हो ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पु¥याइएको छ । चिकित्सकको भनाइ उदृत गर्दै प्रहरी नायव उपरीक्षक तण्डुकारले गजवार प्रहारबाट चौधरीको छाती तथा शरीरको भित्रीभागमा चोट लागेको जानकारी दिनुभयो । मदिरा सेवन गरी झगडा गर्न आएकाले चौधरीमाथि गजवार प्रहार गरेको अभियुक्त महर्जनले स्वीकारेका छन् । चौधरी विगत तीनवर्षदेखि महर्जनको घरमा भाडामा बस्दै आएका थिए ।gorkhapatraonline