tea and sugar

काठमाडौँ । खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य स’मस्याको प्रमुख कारण रहेको पाइएको छ। यद्यपि, कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन। तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा ३७ दशमलव ५ ग्राम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ।

त्यस्तै, महिलाको हकमा एक दिनमा २५ ग्राम अर्थात् एक सय क्यालोरी बराबर उपयुक्त छ। तर, एक व्यक्तिले ७६ दशमलव ७ ग्राम चिनी खाने गरेको पाइएको छ। जसले स्वास्थ्यमा यस्ता समस्या निम्त्याउने गरेको छ।

मोटोपना: चिनीको अत्यधिक सेवन मोटोपनाको प्रमुख कारण हो। चिनीमा उच्च क्यालोरी मात्रा हुने भएकाले मोटोपनको समस्या निम्तिने गर्छ।

उच्च चिनीयुक्र सोडा, जुस, चिया, कफी, केकजस्ता खाद्यपदार्थको सेवनले मोटोपना बढ्छ। यस्ता खाद्यपदार्थको सेवनले भोक लाग्ने हुँदा बढी खाना खाइन्छ । फलस्वरूप शरीरमा क्यालोरीमा मात्रा बढ्न गई मोटोपन हुन्छ।

मुटुरोग: आजकल विश्वभर नै मुटुरोगीको समस्या बनेको छ। जसको कारण चिनीयुक्त खाद्यपदार्थ पनि प्रमुख हो । शरीरमा आवश्यकताभन्दा बढी चिनीको मात्रा हुँदा उच्च रक्तचाप र ब्लडसुगरको सम्भावना बढेर जान्छ।

रगतमा चिनीको मात्रा बढी हुँदा धमनीमा बोसो जम्मा हुन्छ र धमनी साँघुरो हुन जान्छ, जसलाई मेडिकल भाषामा एथोरोस्क्लेरोसिस भनिन्छ । यसले गर्दा रक्तसञ्चारमा समस्या आउने भएकाले मुटुमा विभिन्न समस्या देखापर्छन्।

मधुमेह: पछिल्ला ३० वर्षदेखि विश्वभर म’धुमेहका बिरामीको समस्या दोब्बर संख्यामा बढ्दै गएको अध्ययनले देखाएको छ। विशेषगरी, चिनीयुक्त जुस, सफ्ट ड्रिंक्स र अन्य खाद्यपदार्थबाट शरीरमा चिनीको मात्रा बढिरहेको पाइन्छ । जसले गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ।

क्यान्सर: रगतमा चिनीको मात्रा बढी भएमा भिटामिन सीको कमी हुन्छ। फलस्वरूप शरीरमा प्रतिरोधी क्षमतामा एकाएक कमी आउँछ । त्यस्तै, चिनीकै कारण ग्रोथ हार्मोनको उत्पादनमासमेत कमी आउँछ।

शरीरमा कोषको वृद्धि नियन्त्रण गर्न इन्सुलिनको महवपूर्ण भूमिका छ। क्या’न्सरजन्य कोषको वृद्धिमा पनि सघाउ पुर्याउँछ। अनि, क्या’न्सरको जोखिम बढेर जान्छ।

डिप्रेसन: अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी ल्याउनुका साथै झर्किने र डिप्रेसनमा आउने समस्या निम्त्याँउछ। एक अध्ययनअनुसार फास्टफुड तथा प्रशोधित खानेकुरा बढी खाने व्यक्तिमा डिप्रेसनको समस्या बढी हुने गरेको छ। केक, चकलेट र गुलिया जुस आदिमा चिनीको मात्रा बढी हुन्छ।

एजिङ: रगतमा चिनीको मात्रा बढी भएमा छाला सुक्खा हुने समस्या देखिन्छ। साथै, कोष र हर्मोन उत्पादनमा गडबडी आउने हुँदा कतिपय मानिसमा एजिङ (चाँडै बुढो देखिने) को स’मस्यासमेत हुने गरेको पाइन्छ।

अन्य: चिनीको मात्रा बढी भएमा शरीर सुन्निने, पेटमा समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने र माइग्रेन हुने तथा मि’र्गौलामा नकारात्मक असरसमेत पुग्ने गरेको छ । साथै, बच्चाको दाँतमा समस्या देखापर्छ।